आज दुवै सदनको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

आज दुवै सदनको बैठक बस्दै

काठमाडौं, १६ कात्तिक । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ । त्यस्तै राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्नेछ ।

आजको राष्ट्रिय बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यहरुको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले विद्युतीय व्यापार विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नुहुनेछ ।

 

Leave a Reply