सामाजिक संघ, संस्थालाई बाल सुधार गृह सञ्चालन गर्न दिन्नौँः मन्त्री आचार्य | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

सामाजिक संघ, संस्थालाई बाल सुधार गृह सञ्चालन गर्न दिन्नौँः मन्त्री आचार्य

काठमाडौं, १४ कार्तिक ||
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बाल सुधार गृहहरु सामाजिक संघ, संस्थाहरुलाई सञ्चालन गर्न नदिने बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । बाल सुधार गृहको व्यवस्था नभएका बेला सामाजिक संघ, संस्थाहरुले बाल सुधार गृह सञ्चालनका लागि जिम्मेवारी पाएपनि अब भने आफैँले सबै बाल सुधार गृहहरु सञ्चालन गरेर अघि बढाउने कुरामा सरकार गम्भिर रहेको मन्त्री आचार्यको भनाई थियो । उहाँले लागुऔषधमा फसेका र १८ वर्ष भन्दा माथिकालाई बाल सुधार गृहमा नभई छुट्टै व्यवस्था गर्ने सोच पनि सरकारले अघि सारेको बताउनु भयो । १८ वर्षभन्दा माथि उमेर समूहका पनि बाल सुधार गृहमा राख्दा त्यसले त्यहाँ विकृति भित्र्याएकाले त्यसो हुन नदिन पनि आफूले उनीहरुलाई छुट्टै राख्ने व्यवस्था गर्न लागिएको मन्त्री आचार्यले बताउनु भयो । उहाँले बाल सुधार गृहका बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र ज्ञान÷सीपको आवश्यक व्यवस्था मिलाउन पनि सम्बन्धित मन्त्रालयसँग आग्रह गर्नुभयो । मन्त्री आचार्यले सुधार गृहमा रहेका बालबालिकाहरुलाई समाजमा फर्केपछि पनि आत्मनिर्भर हुनेगरी शिक्षा, स्वास्थ्य र स्वरोजगारीको अवसर सृजना हुनेगरी आवश्यक व्यवस्था मिलाउन पनि आफूले पहल गरिरहेको बताउनु भयो ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);