काठमाडौं,२ कात्तिक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले दशै लक्षित टिपर सञ्चालनमा रोक लगाएको छ । काभ्रेले चाडवर्डमा हुने सवारीसाधन दुर्घटनालाई मध्यनजर गर्दै टिपर सञ्चालनमा रोक लगाएको हो ।
कार्यालयले घटस्थापनाकै दिन पाँचखालमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि सरोकारवालाको बैठकबाट टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
बैठकले आज बिहान ५ बजेदेखि यहि कात्तिक १३ गते राति ९ बजेसम्म टिपर सञ्चालनमा रोक लगाइएको हो ।
जिल्ला समन्वय समितिको पदाधिकारी तथा बाग्मती टिपर व्यवसायी संघ र अन्य यातायात व्यवसायीसमेतको उपस्थितिमा भएको छलफलमा चाडपर्वको समयमा सवारीसाधनको बाक्लो आवतजावत हुने,ट्राफिक व्यवस्थापन गर्न जटिल हुने भएकोले काभ्रेपलाञ्चोकभित्र र जिल्लाभित्रका २ राजमार्ग अरनिको र बिपीमा टिपर सञ्चालन गर्न रोक लगाएको प्रशासनले जनाएको छ ।