सिन्धुपाल्चोकको भैंसेमा टिपर दुर्घटना हुँदा एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सिन्धुपाल्चोकको भैंसेमा टिपर दुर्घटना हुँदा एकको मृत्यु

accident

सिन्धुपाल्चोक, ५ कात्तिक । जुगल गाउँपालिकाको याङ्लाकोट, जलबिरे हुँदै बाह्रबिसे गइरहेको टिपर भैंसेमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

अर्को गाडीसँग प्रतिस्पर्धा गर्दै आइरहेको बा४ख ९०१७ नम्बरको टिपर सडकमै पल्टिदा दर्जन बढी घाइते भएका छन् । भैंसेको मोडमा घुमाउन खोज्दा सडकमा नै टिपर पल्टिएको प्रत्यक्षदर्शीले बताए । ‘एकको घटनास्थलमै मृत्यु भयो, बाँकीलाई खाडीचौर उपचारर्थ लगिएको छ,’ एक स्थानीयले भने ।

घटनास्थलमा खटिरहेका प्रहरी कुमार श्रेष्ठकानुसार मृतकको सनाखत हुन सकेको छैन् । ‘दुर्घटना भएलगत्तै चालक भने सुरक्षित निस्किएर फरार छन्,’ उनले भने । दसैंको आफन्त भेटघाटमा याङलाकोट, जलबिरेबाट टिपरमा यात्रु आएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);