काठमाडौं, १ कात्तिक । विश्वकै सबैभन्दा लामो मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत लगानी सुनिश्चित भएको छ । विश्वकै लामो मुक्तिनाथ केबलकार बनाउनको लागि भारतको के एण्ड आर इन्जिनियरिङ लिमिटेडले केबलकार परियोजना निर्माणका साथै लगानीसमेत गर्ने गरी इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबलकार बनाउने भएको हो ।
इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबलकार बनाउने प्रारम्भिक सम्झौता केही समयअघि गरेसँगै परियोजना बनाउनको लागि ८० प्रतिशत लगानी सुनिश्चित भएको मुक्तिनाथका अध्यक्ष अरुण सुवेदीले बताउनु भयो । उहाँले इपिसिएफ मोडेलबाट बन्न लागेको मुक्तिनाथ नेपालकै पहिलो ठूलो परियोजना भएको भन्दै ८० किलोमिटर लामो केबलकार बनाउन ५५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको बताउनु भयो । उहाँले समझदारीअनुसार कुल लागतको ८० प्रतिशत अर्थात ४४ अर्ब रुपैयाँ के एण्ड आर इन्जिनियरिङले लगानी गर्ने भएको बताउनु भयो । उहाँले आयोजनाको वातवरण मूल्याङ्कन प्रतिवदेन पास हुने र सरकारसँग आयोजना विकास सम्झौता गर्न बाँकी रहेको बताउनु भयो । उहाँले नेपालका कानूनी प्रक्रियाहरु लामा भएकाले प्रक्रिया पूरा गर्नको लागि काम गरिहेको भन्दै १८० दिनभित्र पूरा गरी योजना निर्माणको विषयमा के एण्ड आर इन्जिनियरिङसँग सम्झौता गर्ने बताउनु भयो । उहाँले मुक्तिनाथ केबलकार परियोजना बनाउनको लागि ८० प्रतिशत वित्तीय स्रोत जुटेको भन्दै बाँकी २० प्रतिशत वित्तीय स्रोत नेपाल र बाहिरी कम्पनीहरुले इकुटीको रुपमा जुटाउने बताउनु भयो ।
उहाँले आयोजना निर्माणको लागि ९० प्रतिशत जग्गा खरिद गर्ने काम सकिएको भन्दै बाँकी १० प्रतिशत पनि लिने प्रक्रिया शुरु भइसकेको उल्लेख गर्नुभयो । उहाँले वातावरण प्रभाव मूल्याङ्कनको ड्राभ रिर्पोट आइसकेको बताउनु भयो । उहाँले मुक्तिनाथ केवलकार विश्वकै सबैभन्दा लामो केबरकार प्रणाली हुने बताउनु भयो । उहाँले मुक्तिनाथ केबलकार निर्माण सम्पन्न भएपछि गिनिजबुकमा नाम रहने बताउनु भयो । उहाँले मुक्तिनाथ जाँदा सडक खतरायुक्त,हवाई मार्ग पनि खतरा जस्ता समस्याहरुले केवलकार हुने बताउनु भयो । उहाँले मुक्तिनाथ मन्दिर विष्णुका स्वयम्भु सर्वप्राचिन पौराणीक ८ घाम मध्ये एउटा भएको बताउनु भयो । उहाँले मुक्तिनाथ केबलकार आयोजना निर्माणको लागि केपी ओली प्राधनमन्त्री हुँदा लगानी बोर्डले लाइसेन्स दिएर सम्झौता भएको बताउनु भयो । उहाँले नेपालको कानूनी झमेला र कानूनी प्रतिकुलता नगरिदिए मात्रै पनि धेरै ठूलो सहयोग निजी क्षेत्रलाई पुग्ने बताउनु भयो । उहाँले आयोजना सम्पन्न भएपछि ७० अर्बसम्म राष्ट्रको जीडीपीमा योगदान गर्ने भन्दै ९ अर्ब रुपैयाँ सरकारलाई राजश्व मात्रै जाने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘मुक्तिनाथ केबलकारले भारतको के एण्ड आर इन्जिनियरिङ लिमिटेडसँगै प्रारम्भिक मात्रै नभएर सम्झौता गर्ने गर्ने योजना रहेको थियो । तर आयोजनको वातवरण मूल्याङकन प्रतिवदेन पास हुने र सरकारसँग आयोजना विकास सम्झौता हुन बाँकी छ । नेपालका कानूनी प्रक्रियाहरु लामा छन् । त्यही प्रक्रिया पूरा गर्नेको लागि काम गरिहेका छौं । अब १८० दिनभित्र त्यो प्रक्रिया पूरा गछौं र योजना निर्माणको सम्पूर्ण विषयमा पूर्णरुपमा सम्झौता गछौं । त्यो भन्दा पहिला मुक्तिनाथ केवकार बनाउन सहभागि हुने भनेर भारतको के एण्ड आर इन्जिनियरिङसँग सम्झौता गरेका छौं । यसको अर्थ मुक्तिनाथ केवकार परियोजना बनाउनको लागि ८० प्रतिशत वित्तीय स्रोत हामीहरुलाई जुट्यो । अब २० प्रतिशत वित्तीय स्रोत नेपाल र बाहिरी कम्पनीहरुले इकुटीको रुपमा हामीले जुटाउनुछौं । अहिलेसम्म शो पुँजी जुटाएर यो आयोजनालाई यहाँसम्म ल्याइएको छ । २० प्रतिशत वित्तीय लगानी जुटाउन भार पनि छैन । परियोजनाको लागि वित्तीय व्यवस्था भएको छ । आयोजना निर्माणको लागि ९० प्रतिशत जग्गा लिने काम सकिएको छ । बाँकी १० प्रतिशत पनि लिने प्रक्रिया शुरु भइसकेको छ । वातावरण प्रभाव मूल्याङ्कनको ड्राभ रिर्पोट आइसकेको छ । ड्राभ रिर्पोट सरकारलाई पेश गरेर आयोजना विकास सम्झौता गर्छौं र आयोजना अगाडि बढ्छ । मुक्तिनाथ केबलकार विश्वकै सबैभन्दा लामो केबलकार प्रणाली हुँदैछ । मुक्तिनाथ केवलकार निर्माण सम्पन्न भएपछि गिनिजबुकमा नाम रहन्छ । मुक्तिनाथ जाँदा सडक खतरायुक्त,हवाई मार्ग पनि खतरा जस्ता समस्याहरुले केवलकारलाई केहीले छुँदैनन् । मुक्तिनाथ मन्दिर विष्णुका स्वयम्भू सर्वप्राचिन पौराणीक ८ घाम मध्ये एउटा हो । मुक्तिनाथ केवकार आयोजना निर्माणको लागि केपी ओली प्राधनमन्त्री हुँदा लगानी बोर्डले लाइसेन्स दिएर सम्झौता भएको हो । डिपिआर सम्झौता गरेको ३ वर्ष हुन लाग्यो । वातावरण प्रभाव मूल्याङ्कन गर्न धेरै समस्या भएकाले मन्त्रीपरिषद्बाठ सहमति भयो । अहिले यो आयोजना कार्यान्वयनको चरणमा पुगेका छौं । नेपालको कानूनी झमेला र कानूनी प्रतिकुलता नगरिदिए मात्रै पनि धेरै ठूलो सहयोग निजी क्षेत्रलाई हुने थियो । आयोजना सम्पन्न भएपछि आर्थिक विश्लेषण गर्दा ७० अर्बसम्म राष्ट्रको जीडीपीमा योगदान गर्नसक्छ । ७० अर्ब कुल गाहस्थ्र्य उत्पादन वृद्धि ग¥यो भने ९ अर्ब रुपैयाँ सरकारलाई राजश्व मात्रै जान्छ । सरकारलाई जोखिम छैन तर निजी क्षेत्र जोखिम मोलेर काम गरिरहेको छ ।’
त्यस्तै, के एण्ड आर रेलका अध्यक्ष कुरु प्रविर कार्रलाले मुक्तिनाथ केवलकार परियोजना बनाउन चुनौति र समस्या भएपनि आफूहरु सक्षम रहेको बताउनु भयो । उहाँले मुक्तिनाथ केबलकार बनाउन के एण्ड आर प्राविधिक र आर्थिक रुपमा सक्षम रहेको बताउनु भयो । अध्यक्ष कार्रलाले मुक्तिनाथ विष्णु भगवानको पावन भूमि भएकाले पनि केवलकारमा लगानी गर्न तयार भएको बताउनु भयो । उहाँले मुक्तिनाथ केवलकार निर्माणले उक्त क्षेत्रमा पर्यटकहरुको ठूलो सम्भावना रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘लगानीको जोखिम मोल्न हामी सक्षम छौं । हरेक परियोजनाको काम गर्दा केही न केही कठिनाई हुन्छ । प्राविधिक समस्या हरेक परियोजनामा आउँछ । तर यी हरेक समस्याको समधान गर्न हामी सक्षम छौं । कुनैपनि नयाँ उद्योग आउँछ त्यसले देशका उद्योग क्षेत्रको र देशको प्रविधिको उठाउनु पर्छ । प्रभावित क्षेत्रका मानिसहरुलाई परियोजनाको प्रविधि भन्दा पनि आयोजनासँग सम्बन्ध रहन्छ । जब मुक्तिनाथ केवलकार सम्पन्न हुन्छ त्यहाँ धेरै पर्यटकको सम्भावना आउँछ । राम्रो होटलहरु यो क्षेत्रमा खेल्नेछन् ।’
मुक्तिनाथको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को काम सकिएको दुई वर्ष भइसकेको छ । यस्तै वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम अन्तिम चरणमा पुगेको छ । मुक्तिनाथले केबलकारको डिपिआर तयार पारी २०७८ कात्तिक १५ गते लगानी बोर्डमा बुझाएको थियो। इआइएको स्वीकृतिमा भएको ढिलाइले रोकिएको थियो । केबुलकारमा टप टु बटम १९ वटा स्टेसन हुनेछन् । यीमध्ये ८ स्टेसनमा अनिवार्य रूपमा ओर्लिनुपर्ने छ । ५ स्टेसनमा अत्यावश्यक भएमात्र ओर्लिन पाइने र अन्य ११ स्टेसनमा बास बसेर जान पाइने व्यवस्था हुनेछ । कास्की वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबलकारको लम्बाई ८०.१५ किलोमिटर हुनेछ । केबलकारमा ७ सय ७६ वटा गोण्डोला राख्न प्रश्ताव गरिएको छ । मुक्तिनाथ केबलकार १ हजारदेखि ३ हजार ७ सय मिटर उचाइसम्म पुग्नेछ । प्रत्येक स्टेसनमा रिसोर्ट बनाउने योजना केवलकार योजनाको रहेको छ । केबुलकारको पहिलो स्टेसन वीरेठाँटीमा हुनेछ । दोस्रो वीरेठाँटीदेखि घोडेपानी १३.३१ किलोमिटर, तेस्रो घोडेपानी–तातोपानी १२.७३ किलोमिटर, चौथो तातोपानी–लेते १६.४४ किलोमिटर रहनेछ । पाँचौं स्टेसन लेते–जोमसोम २३.९२ किलोमिटर, छैठौं जोमसोम–कागबेनी ८.२४ र सातौं स्टेसन कागबेनी–रानीपौवा मुक्तिनाथसम्म ९ किलोमिटर रहने कम्पनीले जनाएको छ । वार्षिक ३६ लाखले यात्रा गर्ने अनुमान गरिएको छ ।