टिका खतिवडा
इलाम २ असोज
स्वर्गिय सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङले बुबाका सपना पुरा गर्न आफु लागि पर्ने बताउनु भएको छ । नेकपा एमाले कोशी प्रदेश कमिटीको आयोजना तथा एमाले इलामको संयोजनमा गृह जिल्ला इलाममा भएको श्रद्धान्जली कार्यक्रममा बोल्दै उहाँका अधुरा सपना पुरा गर्न लागि पर्ने बताउनु भएको हो ।
बुबाको मृत्यूले इलाम मात्र नभइ सिंगो देश नै शोकमा परेको बताउँदै सरकारले राजकिय सम्मानका साथ अन्तेष्ठि गरेको, पार्टीले तीन दिनसम्म शोक सहित आधा झण्डा झुकाएर बुबाप्रति सम्मान ब्यक्त गरेको छोरा सुहाङको भनाई छ । इलामेली जनताको मायाका कारण संसदमा पुगेर जनताको आवाज बोलेका कारण पनि सँधै इलामेलीको मस्तिस्कमा रहने रहि रहने उहाँ बताउनुहुन्छ । पछिल्लो राजनैतिक घटनाक्रमसँगै सुवासचन्द्र चिन्तित भएको उल्लेख गर्दै उहाँले निष्ठावान राजनिति गर्नु भएको उहाँले उल्लेख गर्नुभयो ।
नेकपा एमालेका उपाध्यक्ष तथा संसदिय दलका उपनेता समेत रहनु भएका स्वार्गिय सुवाचसन्द्र नेम्वाङले धेरै सपना बोकेको भएपनि कति सपना पुरा हुन नसकेको बताउँदै उहाँले बाँकी सपना पुरा गर्ने बताउनु भएको छ ।
सुवासचन्द्र नेम्वाङको मृत्यू पछि इलाम क्षेत्र नम्वर दुईमा उप निर्वाचन हुने भएको छ । छोरा सुहाङ नेम्वाङको सो अभिब्यक्तिले उपनिर्वाचनमा उहाँ नै उठ्न सक्ने संकेत समेत गरेको छ । सामाजिक सञ्जालमा उप निर्वाचनको बहस सुरु भइसकेको छ । इलाम क्षेत्र नम्वर दुईमा अब कुन पाटीले कसलाई उठाउने समेत चर्चा चल्न थालिसकेको छ ।
श्रद्धान्जली सभामा नेकपा एमालेका नेताहरु रामबहादुर थापा बादल, रघुबिर महासेठ, डा शिवमाया तुम्बहाम्फे, एमाले इलामका अध्यक्ष महेश बस्नेत, नेपाली कांग्रेस इलामका पूर्व अध्यक्ष हिमालय कर्माचार्य, एकिकृत समाजवादीका जिल्ला अध्यक्ष भक्त केशी, माअेवादी केन्द्रका कान्छा लावती, इलाम नगरपालिकाकी उपमेयर बिष्णुकुमारी दाहाल, बार एशोसिएसनका अध्यक्ष उत्तम पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष बिप्लब भट्टराईले व्वर्गिय नेता नेम्वाङको जिवित रहँदा गरेको कार्यको प्रशंसा गर्नुभयो । उहाँहरुले स्वर्गिय नेम्वाङ प्रति हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै परिवारजनमा समवेदना समेत ब्यक्त गर्नु भएको थियो ।
कोशी प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेले स्वार्गिय नेम्वाङ प्रति श्रद्धान्जली ब्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो । नेकपा एमाले कोशी प्रदेश कमिटीले सुवासचन्द्र नेम्वाङको गृह जिल्ला इलाममा आयोजना गरेको कार्यक्रममा स्वर्गिय नेम्वाङका छोरा सुहाङ मेन्वाङ सहित बिभिन्न पार्टीका नेताहरु ।





