लिबियामा उद्धार र राहतमा सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

लिबियामा उद्धार र राहतमा सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह

एजेन्सी, १ असोज । लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधिले उद्धार र राहत कार्यमा लिबियालाई सघाउन आह्वान गर्नुभएको छ ।

आईतवार सो क्षेत्रमा पुग्नुभएका विशेष प्रतिनिधिले बाढी पीडितको उद्धारका लागि समन्वयकारी भुमिका निर्वाह गर्न आग्रह गर्नुभएको हो । विशेष प्रतिनिधि अब्दुलाये बाथिलिले राजधानी त्रिपोलीमा लिबियाका प्रेसिडेन्सी काउन्सिलका अध्यक्ष मोहम्मद मेन्फीसँगको भेटमा डेर्ना शहर र अन्य क्षेत्रहरुमा बाढीका कारण भएको क्षतिमा शोक व्यक्त गर्नुभयो । पुनः निर्माणमा श्रोत साधनको सहयँेग गरिदिन उहाँले विश्व समुदायसँग आग्रहसमेत गर्नुभयो । सेप्टेम्बर १० मा भूम्ध्यसागरीय आँधी डेनियलका काराण् लिबियामा दशक यताकै सबैभन्दा ठूलो बाढी आएको थियो । जसमा अहिलेसम्म ५५ सयले ज्यान गुमाइसकेका छन् भने १० हजार बेपत्ता छन् ।

तेलको धनी लिबिया २०११ मा दिवंगत नेता मुअम्मर गद्दाफीको पतनपछि पूर्व र पश्चिम प्रशासनमा विभाजित छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);