रुसमा अन्तर्राष्ट्रिय सर्कस महोत्सव सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८०, बुधवार

रुसमा अन्तर्राष्ट्रिय सर्कस महोत्सव सम्पन्न

एजेन्सी, १ असोज । रुसको सेन्ट पिटर्सवर्गमा अन्तर्राष्ट्रिय सर्कस महोत्सव सम्पन्न भएको छ । दोस्रो अन्त्र्राष्ट्रिय सर्कस फेस्टिबल ‘बिना बोर्डर्स’ आईतवार रुसको दोस्रो ठूलो शहर सेन्ट लुइसमा सम्पन्न भएको हो ।

चार दिनसम्म चलेको महोत्सवमा रुस, चीन, मेक्सिको, इटाली र इथियोपिया लगायतका १० भन्दा बढी देशका २ सय कलाकारहरुले एक्रोब्याटिक्स, म्याजिक, डायबोलो शो र अन्य सर्कस प्रश्तुति दिएका थिए । महोत्सव रुसी संस्कृति मन्त्रालय र रुसी स्टेट सर्कस कम्पनीले संयुक्त रुपमा आयोजना गरेको हो ।

रुसी संस्कृतिमन्त्री ओल्गा ल्युबिमोभाले महोत्सव विश्वभरका उत्कृष्ट कलात्मक प्रतिभालाई आकर्षित गर्न रुसको महत्वपूर्ण सांस्कृतिक कार्यक्रम भएको बताउनु भयो ।

Leave a Reply