भारतले धौलीगङ्गाको बाँध खोल्दै, सर्तकता अपनाउन दार्चुला प्रशासनको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८३, शुक्रबार

भारतले धौलीगङ्गाको बाँध खोल्दै, सर्तकता अपनाउन दार्चुला प्रशासनको आग्रह

दार्चुला । भारतको धारचुला छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाले बाँधका ढोका खोल्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले आइतबार एक सूचना प्रकाशन गर्दै आउँदो बिहीवार बिहान ५ देखि बेलुकी ८ बजेसम्म धौलीगंङ्गा जलविद्युत परियोजनाको बाँधका ढोका खुल्ने जानकारी दिएको हो।

भारतको धौलिगंगा जलविद्युत परियोजनाले सिल्ट सरसफाइको कार्य गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरेकोले महाकाली नदीमा जलस्तर बढ्ने भन्दै सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।

व्यास गाउँपालिका ५ धौलाकोटदेखि लेकम गाउँपालिका ३ लालीसम्मको महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

Leave a Reply