एशिया कपका लागि नेपाली टोलीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

एशिया कपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । पाकिस्तान र श्रीलंकामा हुने एशिया कपका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

सोमबार नेपाल क्रिकेट संघ(क्यान)ले रोहित कुमार पौडेलको कप्तानीमा १७ सदस्सीय टोलीको घोषणा गरेको हो । एशिया कप अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुने छ । नेपाल भारत र पाकिस्तानसँगै समुह ए मा रहेको छ ।

नेपालले पहिलो खेल पाकिस्तानसँग मुल्तान मैदानमा अगष्ट ३० मा खेल्नेछ भने दोस्रो खेल श्रीलंकाको क्यान्डीमा रहेको पालेकेले क्रिकेट रंगशालामा सेप्टेम्बर २ मा भारतविरुद्ध हुनेछ । नेपाली टोलीले एकसाता अगाडि नै पाकिस्तानमा अभ्यास गर्ने क्यानले बताएको छ ।

पाकिस्तामा रहँदा नेपाली टोलीले पाकिस्तान क्रिकेट बोर्डले उपलब्ध गराएकोे टोलीसँग अभ्यास खेल खेल्नेछ । नेपाली टोलीमा कप्तान रोहित पौडेल , आरिफ शेख, आसिफ शेख, कुशद भर्तेल, ललित नारायण राजवंशी, भिम सार्की, कुशल मल्ल रहेका छन् ।

त्यसैगरी दिपेन्द्र सिंह ऐरी, सन्दिप लामिछाने, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दिप जोरा, अर्जुन साउद र श्याम ढकाल रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);