राष्ट्रिय स्क्वासमा अरहन्त च्याम्पियन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

राष्ट्रिय स्क्वासमा अरहन्त च्याम्पियन

काठमाडौं । नेपालका नम्बर एक स्क्वास खेलाडी अरहन्त केसर सिम्हा शनिवार पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगितामा एकलतर्पm च्याम्पियन हुनुभएको छ ।

सातदोबाटोस्थित नेपाल स्क्वास ¥याकेट संघको एकेडेमीमा शनिवार सम्पन्न फाइनलमा अरहन्तले दीपक थापालाई सोझो सेटमा हराउँदै च्याम्पियन हुनुभएको हो । अरहन्तले दीपकलाई ११–६, ११–४ र ११–८ ले सहजै हराउनु भयो । महिला एकलमा कृष्णा थापाले पनि उपाधि रक्षा गर्नुभयो । कृष्णाले फाइनलमा विपना ब्लोनमाथि सोझो सेटमा सफलता प्राप्त गर्नुभएको हो । उहाँले विपनालाई ११–६, ११–९ र ११–९ ले हपराजित गर्नुभयो । पाँच खेलाडी सम्मिलित राउण्ड रोविनमा कृष्णा र विपनाले समान तीन खेल जितेपछि शीर्ष दुईमा रहेर उपाधि भिडन्त तय गर्नुभएको थियो । फाइनलमा भने कृष्णाले उपाधि जित्नुभयो ।

कृष्णाले गत वर्ष पनि विपनालाई नै हराएर उपाधि जित्नुभएको थियो । गत नवौं राष्ट्रिय खेलकुदमा पनि कृष्णा महिला एकलको विजेता हुन् । खुला एकलमा विजेताद्वय अरहन्त र कृष्णाले समान २१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । महिला र पुरुषमा दोस्रो हुनेले १५ हजार तथा तेस्रो हुने दुई खेलाडीले समान पाँच हजार नगद पुरस्कार प्राप्त गर्नुभयो । ब्वाइज यु–१९ तर्पm पासाङ ब्लोनले सफलता प्राप्त गर्नुभयो । उहाँले फाइनलमा विकास मगरलाई ११–५, ८–११, ११–८, ११–५ ले पराजित गर्नुभयो । पासाङले ११ हजार र विकासले ६ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभयो ।

तेस्रो हुने दुई खेलाडीले भने समान तीन हजार प्राप्त गर्नुभयो । यो प्रतियोगितामा पासाङको यो दोहोरो उपाधि हो । एकदिन अघि पासाङ प्लेट विधामा पनि च्याम्पियन हुनभएको थियो । उहाँले फाइनलमा विनायक श्रेष्ठलाई ११–८, ११–८ र ११–९ ले हराउँदै प्लेट विधामा उपाधि जित्नुभएको हो । यसैगरी मास्टर्स (५० वर्षमाथि) एकल विधामा प्रवीणवीर सिंह कंसाकार च्याम्पियन हुनुभयो । उहाँले फाइनलमा सुदीपबहादुर सिंहलाई ११–६, १२–१०, १०–१२, १०–६ ले पराजित गर्नुभयो । सुदीपबहादुरले दोस्रो सेट आफ्नो पक्षमा पार्दै खेलमा फर्किने संकेत गरेपनि सफलता पाउन भने सक्नुभएन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);