दाङ, २३ साउन । सल्यानमा एक युवकले लठ्टी प्रहार गर्दा आफ्नै आमाको मृत्यु भएको छ ।
शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौरका २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको लठ्ठी प्रहार गरेर हत्या गरेका हुन् ।
प्रहरीको अनुसार मंगलबार बिहान चार बजेको समयमा आमाबुवा सुत्ने कोठामा गई पैँयुको लठ्ठीले टाउकोमा हानेर आमाको हत्या गरेका थिए ।
प्रहरीले आरोपित छोरालाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको छ ।




