काठमाडौं, २१ साउन । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका नीजि सुरक्षा अधिकृतको पेस्तोल चोरी भएको छ । अधिकृत प्रभाकर खड्काको पेस्तोल चोरी गरेको आरोपमा २ जना पक्राउ परेका हुन् ।
सिन्धुपाल्चोकका बासुदेव थामी र सिन्धुलीका मेगबहादुर तामाङ पक्राउ परेका छन् । उनीहरुले गत ३० गतेमा चोरी गरेको पेस्तोल बौद्धको शिवमन्दिर नजिकै बरामद भएको छ । त्यसमा लाग्ने ७ राउण्ड गोली पनि बरामद गरेको छ ।
उनीहरु खड्काको घर नजिकै चोरी गर्न गएका थिए । चोरीपछि फर्कदै गर्दा झ्याल खुल्ला देखेपछि अंकुशे लगाएर हतियार तानेका थिए ।




