माओवादीले केन्द्रीय समितिको बैठक अघि स्थायी कमिटी बैठक बोलायो | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

माओवादीले केन्द्रीय समितिको बैठक अघि स्थायी कमिटी बैठक बोलायो

काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । त्यसअघि स्थायी कमिटी बैठक बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८ बजे बस्ने बैठकले राजनीति र संगठनात्मक प्रतिवेदन पारित गर्ने जनाइएको छ ।

सो प्रतिवेदन पदाधिकारी बैठकमा पटक पटक छलफल, सुझाव र सल्लाहसहितको प्रतिवेदन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको थियो ।

सो प्रतिवेदनलाई प्रचण्डले अन्तिम रूप दिएपछि स्थायी कमिटी बैठकले अनुमोदन गर्न लागिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);