कोशीमा सभामुुखको राजीनामा गराएर दाबी पेश गर्दै गठबन्धन | ईमाउण्टेन समाचार

Our Network

माघ १२ २०८१, शनिबार

कोशीमा सभामुुखको राजीनामा गराएर दाबी पेश गर्दै गठबन्धन

काठमाडौं, १६ साउन । कोशी प्रदेशमा सत्तारुढ गठबन्धनले सरकारको नेतृत्वको फेरी दाबी गर्ने तयारी गरेको छ । गठबन्धनले प्रदेशका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएरै भएपनि मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेको हो ।

प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिदैछ । संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि प्रमुखले आज बेलुका ५ बजेसम्मको समय दिएका हुन् ।

गठबन्धनले तोकिएको समय सीमाभित्रै सभामुखलाई राजीनामा गराएर दाबी पेश गर्ने तयारी गरेको हो । उम्मेदवार बारे टुंगो लगाएको छैन् । यद्यपी पूर्वसहमति अनुसार नेपाली कांग्रेसका उद्धव थापाकै नेतृत्वमा दाबी पेश गरिने बुझिएको छ । हिक्मत कार्की नेतृत्वको सरकार ढलेपछि गत असार २१ गते थापाको नेतृत्वमा सरकार गठन भएको थियो । सर्वोच्च अदालतले थापाको मुख्यमन्त्रीको नियुक्ति बदर गर्दै नयाँ सरकार गठन गर्न परमादेश दिएको थियो ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कांग्रेसका २९, सभामुखसहित माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४७ पुग्छन् ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);