प्रधानमन्त्रीको राजीनामा माग गर्दै आज पनि राष्ट्रिय सभा बैठक अबरुद्ध (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

प्रधानमन्त्रीको राजीनामा माग गर्दै आज पनि राष्ट्रिय सभा बैठक अबरुद्ध (भिडियोसहित)

काठमाडौं, २१ असार । आज पनि राष्ट्रिय सभाको बैठक अबरुद्ध भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेका सांसदहरुले सिटबाट उठेर विरोध जनाएका हुन् ।

बैठक सुरु हुनेबित्तिकै एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले मुलुकको सार्वभौमिकता र स्वाधिनताविरुद्ध अभिव्यक्ति दिएकोले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने तर्क राखे ।

उनले प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा बस्न योग्य नभएको भन्दै तत्काल राजीनामा दिन माग गरे ।

उहाँले भन्नुभयो – ‘हिजोपनि हामीले आफ्नो पार्टीको आधिकारिक धारणा यस्तो व्यक्ति प्रधानमन्त्रीको रुपमा रहनको निम्ति यो खालको आचारण नगर्ने व्यक्ति प्रधानमन्त्रीको कुर्सिमा बस्न सुहाउँदैन । नैतिकताको आधारमा उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने नेकपा(एमाले)को संसदीय दलको धारणा हिजो हामीले सार्वजनिक गरिसकेका छौँ । आज पनि कुनै रहरले सदन बन्द गर्न गइरहेका छैनौँ । हामी बाध्य छौँ । देशको सार्वभौमिकता, देशको स्वाधिनता र स्वाधिन राष्ट्रलाई आँच आउनेगरी यस्तो कुनै व्यक्तिबाट कुरा आउँछ भने त्यो नेकपा९एमाले०को निम्ति सह्य हुँदैन । आम नागरिकको लागि सह्य हुँदैन । सबैभन्दा ठुलो देश हो । देश भन्दा ठुलो केही पनि हुन सक्दैन । हामी विनियोजन शिर्षकमा भएका जतिपनि कुराहरु छन् हामी सहभागि भएर कार्यक्रम बढेको थियो । देशको अनुकुल हुनेगरी बोल्नुपर्नेमा देशको अहीत हुनेगरी, सार्वभौमसत्ताको अपमान हुनेगरी, स्वाधिन राष्ट्रको अपमान हुनेगरी हाम्रो देशको प्रधानमन्त्री कुन देशबाट निर्देशित हुनुहुन्छ रु कसबाट परिचालित हुनुहुन्छ रु को बाट निर्देशित भएर चल्नुभएको छ रु यो हामीलाई दुःखको कुरा हो । यो सदनको कामलाई अगाडी नबढाइयोस् ।’

राष्ट्रिय सभा बैठक असार २२ गते शुक्रवार अपरान्ह १२ः२९ मा बस्नेगरी बोलाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);