अर्थमन्त्री महतद्वारा ‘विनियोजन विधेयक, २०८०’ राष्ट्रियसभामा पेश | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

अर्थमन्त्री महतद्वारा ‘विनियोजन विधेयक, २०८०’ राष्ट्रियसभामा पेश

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘विनियोजन विधेयक, २०८०’ राष्ट्रियसभामा प्रस्तुत गर्नु भएको छ ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा उहाँले सो विधेयक पेश गर्नु भएको हो । आर्थिक वर्ष २०८०÷८१ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धि अधिकार दिन सो रकम विनियोजन गर्न बाञ्छनीय हुने भएकाले प्रस्तुत विधेयक राष्ट्रियसभामा पनि पेश गर्नु परेको अर्थमन्त्री महतले स्पष्ट पार्नु भयो । उहाँले भन्नु भयो, ‘आर्थिक वर्ष २०८०÷८१ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धि अधिकार दिन सो रकम विनियोजन गर्न बाञ्छनीय हुने भएकाले प्रस्तुत विधेयक पेश गर्नु परेको हो ।’

गत बुधबार बसेको प्रतिनिधिसभा बैठक पनि सो विधेयक प्रस्तुत गरिएको थियो ।

Leave a Reply