काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडित किशोरीलाई एक लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासले सोमबार पीडितलाई क्षतिपूर्ति दिन आदेश दिएको हो ।
जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले जाहेरीकर्ता गौशाला २६ लाई राहातस्वरूप सरकारी कोषबाट १ लाख क्षतिपूर्ति दिन आदेश दिएको हो।