काठमाडौं, ५ असार । दार्चुलामा लागु औषध चरेश सहित एक जना पक्राउ परेका छन् । सोमबार बैतडी जिल्ला डिलाशैनी गाउँपालिका १ नानराका ५० वर्षीय कमलकुमार राना लागु औषध चरेश सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।
प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहका अनुसार शैल्यशिखर न पा ९ नायल बाट झोला मा चरेश बोकेर हिडिरहेको अवस्थामा उनलाइ पक्राउ गरिएको बताइएको छ ।
कमल कुमार राना को साथबाट एक किलो ७०० ग्राम लागु औषध चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ । चरेश सहित पक्राउ परेका राना लाइ म्याद थप का लागि जिल्ला अदालत दार्चुला लैजाने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।