काठमाडौं, ३ असार । लगातार वर्षाका कारण गएको बाढीमा परेर पाँचथरमा ५ जना बेपत्ता भएका छन् । बाढीले ९ वटा घर बगाएको प्रहरीले जनाएको छ ।
बाढीले भौतिक क्षति ठुलो पारेको हुन सक्ने बताइए पनि विवरण आउन भने बाँकी रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, बाढीले फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने खोलाको पुल, फालेलङु गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा २ वटा मोटरेबल र एउटा झोलुंगे पुल समेत बगाएको छ ।