नेपालले युएईलाई दियो २ सय ७७ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

नेपालले युएईलाई दियो २ सय ७७ रनको लक्ष्य

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटको अभ्यास खेलमा नेपालले युएईलाई २ सय ७७ रनको लक्ष्य दिएको छ ।

जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ४९ दशमलब ५ ओभरमा अलआउट हुँदै २ सय ७६ रन बनाएको हो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ४६ रनको योगदान दिए । जिम्बाबे पुग्नुअघि नेपालले दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको थियो । तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपाल दुई अभ्यास खेल खेलेको थियो ।दुवै अभ्यास खेलमा नेपालले हार व्यहोरेको थियो ।

 

Leave a Reply