काठमाडौं,२६ जेठ । कारागारमा रहेको थुनुवालाई छुटाईदिन्छु भनि रकम ठगी गर्ने एक पुरुष पक्राउ परेका छन् । सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ बस्ने ४२ वर्षीय सञ्च तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
वैदेशिक रोजगार ठगी मुद्दामा कारागारमा रहेको थुनुवालाई छुटाईदिन्छु भनि पटक पटक गरी ४ लाख रूपैयाँ लिई ठगी गरी फरार रहेका तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।