लिङदेनको आरोप– जनता बेच्न ठूला दलबीच सहमति भएको देखियो | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

लिङदेनको आरोप– जनता बेच्न ठूला दलबीच सहमति भएको देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली भूटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको नक्कली भूटानी शरणार्थी भ्रष्टाचार प्रकरणको बिरोध सभामा बोल्दै अध्यक्ष लिङदेनले यस्तो आरोप लगाउनुभएको हो । उहाँले जनता बेच्ने भ्रष्टाचार ठूला दलहरुको सर्वदलिय सहमतिमा पुग्नु लज्जास्पद र दुःखदायी रहेको बताउनु भयो। उहाँले विश्व जगतमा नेपालको बद्नाम भएको भन्दै नेपालको शिर झुकेको बताउनु भयो।

उहाँले नक्कली भूटानी शरणार्थी प्रकरण पनि नेपाल प्रहरीको जोडबलमा र विदेशीहरुको चासोमा अगाडि बढेको बताउनु भयो। उहाँले यो काण्डको अनुसन्धान पूर्ण नभईकन फाइल अदालतमा जाने दिशामा रहेको बताउनु भयो। उहाँले यो काण्डमा अर्बको भ्रष्टाचार मात्रै नभएर राज्यद्रोह र राज्य बिरुद्धको अपराध भएको बताउनु भयो ।

उहाँले भ्रष्टाचारमा सग्लन कुनैपनि मानिसहरुले उन्मुक्ती पाउनु नहुने बताउनु भयो । उहाँले नक्कली भूटानी शरणार्थी काण्डमा आकर्षित हुने सबै प्रकारका मुद्दाहरु चल्नुपर्ने बताउनु भयो । उहाँले अपराधमा संलगनहरुलाई राज्य बिरुद्धको अपराध, ठगि, संगठित अपराध र सरकारी दस्तखत कृत्य सम्बन्धिको अपरा मुद्दाहरु चलाउन आग्रह गर्नुभयो । उहाँले प्रहरीले नक्कली भूटानजी शरणार्थी प्रकरणको छानबिन गर्न खुट्टा कमाउन नहुने बताउनु भयो ।

उहाँले एउटा मात्रै काण्डको छानबिनले नपुग्ने भन्दै विगतका अन्य ठूलाठूला भ्रष्टाचार काण्डको पनि सरकारले छानबिन गर्नुपर्ने बताउनु भयो। उहाँले राप्रपा कुनैपनि भ्रष्टाचारीले उम्कने कुराको पक्षमा नरहने बताउनु भयो । उहाँले भ्रष्टाचार र हिंसाको राजनीतिले ढिलो चाँडो दण्डित हुनुपर्ने बताउनु भयो।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);