शिक्षा क्षेत्रको बजेट घटाउनु हुँदैनः सांसद खनाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

शिक्षा क्षेत्रको बजेट घटाउनु हुँदैनः सांसद खनाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रको बजेट घटाउनु नहुने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खनालले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रको बजेट घटाउनु नहुने बताउनुभएको हो ।

उहाँले मन्त्रालयमा बजेटको सिलिङ २० प्रतिशतले घटाएको सुनिएको भन्दै त्यसो गरिए दुर्भाग्यपूर्ण हुने बताउनु भयो । उहाँले सार्वजनिक शिक्षाको गुणस्तरलाई बढाउने हो भने यस वर्ष मात्रै सय अर्बभन्दा बढी बजेट चाहिने उल्लेख गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);