प्रश्नोत्तर जीवन्त भयो, प्रधानमन्त्रीले खदिलो ढंगले उत्तर दिनुभयोः सांसद सापकोटा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

प्रश्नोत्तर जीवन्त भयो, प्रधानमन्त्रीले खदिलो ढंगले उत्तर दिनुभयोः सांसद सापकोटा

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर जीवन्त भएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सापकोटाले प्रधानमन्त्रीले सांसदहरुसँग गर्नुभएको प्रश्नोत्तर कार्यक्रम जीवन्त भएको टिप्पणी गर्नुभएको हो । उहाँले प्रधानमन्त्रीले लेखेर ल्याएको कुरालाई मात्रै नराखी आज बिहानसम्मका घटनाक्रमहरुलाई समेटेर खदिलो ढंगले प्रश्नको उत्तर दिएको बताउनु भयो । प्रश्नोत्तरलाई नियमित र प्रभावकारी बनाउनुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘जीवन्त जस्तो नै लाग्यो । प्रधानमन्त्रीले पूर्वतयारी र लेखेर ल्याएको कुरालाई मात्रै राख्नुभएको थिएन । आएका र आज बिहानसम्मका घटनाक्रमलाई समेत समेटेर अधिकतम खदिलो ढंगले प्रश्नको उत्तर दिनुभएको थियो । त्यसरी हेर्दाखेरी मलाई लाग्छ यो जीवन्त जस्तो र यसलाई नियमित र प्रभावकारी बनाउनु नै उत्तम हुन्छ जस्तो लाग्छ । पहिले प्रश्न दिनुपर्ने मोडेल नै ठिक लाग्यो । तथ्य तथ्यांकमा पूर्व तयारी गरेर आउनेहुन्छ ।’

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीलाई आफुले पहिलो नम्बरमा प्रश्न दर्ता गराएको भएपनि पछाडी पालो दिइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले स्वतन्त्र र साना पार्टीहरुलाई बोल्न नदिने गरिएको बताउनु भयो । उहाँले काँग्रेस र एमालेका धेरै सांसदहरुले बोल्नु आवश्यक नभएको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);