सहमतिको प्रयास अन्तिम चरणमा पुग्यो, केही दिन पर्खनुहोस्ः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८३, शुक्रबार

सहमतिको प्रयास अन्तिम चरणमा पुग्यो, केही दिन पर्खनुहोस्ः प्रधानमन्त्री

राष्ट्रिय सहमतिका साथ निर्वाचन सम्पन्न हुने प्रधानमन्त्री दाहालको भनाई, सहमतिको प्रयास अन्तिम चरणमा पुगेको जानकारी

सहमतिको प्रयास अन्तिम चरणमा पुग्यो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतिका साथ निर्वाचन सम्पन्न हुने बताउनुभएको छ ।

नेपाल उद्योग बाणिज्य महासंधको ५१ औ वार्षिक साधारण सभाको एंव उद्योग वाणिज्य दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सहमतिका लागि आफु प्रयासरत रहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिका साथ निर्वाचनमा सहभागिताका लागि सबै राजनितिक दलहरुलाई एकजुट गराउने प्रयास जारी रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले निर्वाचन पछि राजनीतिक स्थायीत्व हुने बताउदै निर्वाचनलाई स्वच्छ र धाधली रहित बनाउन सबैलाइ आग्रह गर्नुभयो ।

उहाँले बर्तमान सरकार आर्थिक समृद्धिका लागि प्रतिबद्ध भएकाले निजी क्षेत्रलाइ बलियो बनाउन सरकारले पुर्ण रुपमा सहयोग गर्ने बताउनु भयो ।

उहाँले देश संघियतामा गइसकेकाले व्यवसायीहरुमा ३ तहमा करको चिन्ता देखिएकाले बस्तु सेवा र पुजीमा कर नलाग्ने व्यवस्था गर्ने सन्र्दभमा सरकारले गृह कार्य गरिहेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले सरकारले निजी क्षेत्रलाइ बलियो बनाएमा मुलुकले आर्थिक क्षेत्रमा फडको मार्ने बताउनु भयो ।

कार्यक्रममा आर्थिक क्षेत्रमा योगदान पुरयाउने व्यक्तिहरुलाइ सम्मान गरिएको थियो । साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्ने छ ।

 

Leave a Reply

ताजा समाचार