उपनिर्वाचन हुने तीन जिल्लामा आजदेखि आचारसंहिता लाग्ने | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

उपनिर्वाचन हुने तीन जिल्लामा आजदेखि आचारसंहिता लाग्ने

काठमाडौं, २४ चैत्र । आगामी बैशाख १० गते हुने उपनिर्वाचन हुने बारा, चितवन र तनहुँमा आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोग र निर्वाचन आचारसंहीता केन्द्रिय अनुगमन समितिको बैठक बसेर चैत्र २४ गतेबाट सम्बन्धित सबै पक्षहरुमा लागू हुनेगरी उपनिर्वाचन प्रयोजनार्थ आचारसंहीता लागू हुने जानकारी दिनुभयो ।

उहाँले आचारसंहिता उल्लंघन भए उल्लंघनकर्तालाई सजायको भागिदार गराउन आयोगले कुनै कसुर बाँकी नराख्ने प्रष्ट पार्नुभयो । उपनिर्वाचन हुने बारा, चितवन र तनहुँ जिल्लाभर नै शुक्रवारबाट आचारसंहीता लागू हुने आयुक्त भण्डारीको भनाइ थियो । कतिपय आचारसंहीताको विषयवस्तु, संघीय सरकार, प्रदेश र स्थानीय तह लगायत सबैलाई लागू हुनेपनि उहाँले जानकारी दिनुभयो ।

निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहीता कडाईकासाथ कार्यान्वयन गर्न सम्बन्धित पक्षहरुलाई निर्देशन दिइसकेको बताउनु भयो । उहाँले विगतका निर्वाचनको अनुभव रहेकाले उपनिर्वाचनमा राम्रोसँग आचारसंहीता कार्यान्वयन गराउने पक्षमा आयोग रहेको स्पष्ट पार्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);