राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे संसदीय समितिमा विज्ञहरुसँग छलफल हुँदै | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे संसदीय समितिमा विज्ञहरुसँग छलफल हुँदै

काठमाडौं ।

संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आगामी सोमबार बस्ने बैठकमा ’राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा विज्ञहरूसँग विशेष छलफल हुने भएको छ। समितिको कार्यसूची अनुसार, देशमा वैज्ञानिक अपराध अनुसन्धान र न्याय सम्पादन प्रक्रियालाई सुदृढ तुल्याउन यस विधेयकलाई अगाडि बढाउन लागिएको हो । सोमवार बस्ने बैठकमा विधेयकका विभिन्न प्रावधान, यसको प्रभावकारिता र प्रयोगशाला स्थापनाका प्राविधिक पक्षहरूमा विज्ञहरूले आफ्ना अमूल्य सुझाव र राय प्रश्तुत गर्ने कार्यतालिका रहेको छ । यस छलफलले विधेयकलाई थप व्यावहारिक र समयानुकूल बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply