हावाहुरीले रुखको हाँगा भाँचिएर महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

हावाहुरीले रुखको हाँगा भाँचिएर महिलाको मृत्यु

काठमाडौं, १९ चैत्र । झापामा हावाहुरी सहित आएको असिनापानीले एक जनाको मृत्यु भएको छ । हावाहुरीले एकदर्जनभन्दा बढिलाई घरबार विहीन बनाएको प्रहरीले जनाएको छ ।

हावाहुरी चल्दा रुखको हाँगा भाँचिएर लाग्दा घाइते भएकी दमककी ४० बर्षीया सिलाई धिमालको उपचारको क्रममा मृत्यु भएको छ ।

दमक वडा नं. ४ तारावारीको अर्नाखाडीमा स्थानीय धिमाललाई रुखको हाँगाले लागेपछि गम्भिर घाइते भएकी थिइन् ।

उनलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको थियो । उनको शनिवार मृत्यु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);