काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नु भएको छ ।
सोमबार प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा बैठकमा विश्वासको मत प्राप्त गर्नका लागि राख्नु भएको प्रस्तावको पक्षमा १७२ मत परेको छ । त्यसैगरी सो प्रस्तावको विपक्षमा ८९ मत परेको छ भने १ मत तटस्थ रहेको छ । प्रतिनिधिसभामा बहाल रहेका सांसदहरुको संख्या २६२ थियो ।
प्रधानमन्त्री दाहाललाई नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाललगायतका दलहरुले मत दिएका थिए । यता, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी भने सो प्रस्तावको विपक्षमा मत दिएका थिए ।