काठमाडौं । राष्ट्रपति पदको लागि जारी निर्वाचनमा अब ३७ मत खस्न बाँकी रहेको छ ।
संसद भवन नयाँ बानेश्वरमा भइरहेको निर्वाचनमा अहिलेसम्म ८०० मत खसेको छ । अब बाँकी ३७ मत खसेपछि मतदान सकिनेछ ।
निर्वाचन आयोगले मतदानका लागि ३ बजेसम्मको समय निर्धारण गरेको छ । मतगणना आजै सुरु गरेर आजै मतपरिणाम सार्बजनिक गरिएको निर्वाचन आयोगले जनाएको छ ।