रौतहटमा फागु बैरिया महोत्सव शुरु | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

रौतहटमा फागु बैरिया महोत्सव शुरु

रौतहट । रौतहटको गढिमाई नगरपालिकामा फागु बैरिया महोत्सव शुक्रबारबाट शुरु भएको छ । गढीमाई नगरपालिकाको समनपुरमा ऐतिहासिक फागु बैरिया मेला महोत्सव शुक्रबारबाट शुरु भएको हो ।

महोत्सवको उदघाटन रौतहट क्षेत्र न.४ बाट निर्वाचित सांसद देवि प्रसाद तिमल्सिना र गढिमाई नगरपालिकाका नगर प्रमुख श्याम यादवले सन्युक्त रुपमा गरेका हुन।

आजबाट शुरु भएको महोत्सव (मेला)फागुन २३ गते सम्म रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले बताए।

सन् १८१४ मा नेपाल–अंग्रेजबीच भएको युद्धमा स्थानीय समनपुरवासीले अंग्रेजलाई धपाएका थिए भने धेरै हातहतियार समेत खोसेको इतिहास छ। त्यसकै यादमा समनपुरबासिले आजको दिनलाई महोत्सवको रुपमा प्रत्येक बर्ष मनाउने गरेका छ्न।

Leave a Reply