काठमाडौं, १६ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल सरकारमा जाने निश्चित भएको छ । सरकारमा सहभागिताबारे छलफल गर्न लोसपाले बैठक अहिले बोलाएको छ ।
आजको बैठकमा कुन कुन मन्त्रालय लिने भन्ने बारेपनि छलफल हुने स्रोतले जनाएको छ ।
राष्ट्रपतिमा अध्यक्ष महन्थ ठाकुरलाई अघि सारेपनि लोसपाले कांग्रेसका नेता रामचन्द्र पौडेललाई समर्थन गरेको छ ।