काठमाडौं, १४ फागुन । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा गिरावट आएको छ । आज शुक्रबारको तुलनामा सुनको मुल्य १४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम रहेको छ । त्यसैगरी चाँदीको १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ६० रुपैयाँ कायम भएको छ ।