काठमाडौं, १३ माघ । नेपाली बजारमा आज पहेलो धातुको मुल्य घटेको छ । बिहीबारको तुलनामा आज सुनको मुल्य तोलाका ११ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ५ हजार ३ सय रुपैया कायम भएको छ ।
बिहीबार छापावाल सुनको मुल्य १ लाख ६ हजार ९ सय रुपैयाँ र तेजाबी सुनको मुल्य १ लाख ६हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मुल्य आज प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएको छ ।