यसकारण लामो समय मिलिरहन सक्दैनन् ओली र प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

यसकारण लामो समय मिलिरहन सक्दैनन् ओली र प्रचण्ड

oli prachanda

काठमाडौं, १३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुवै कम्युनिस्ट नेता हुन् । दुवै केही समय मिल्छन् तर टिक्दैनन् । यसको खास कारण के हो ?

ओली माओवादीले चलाएको हिंसात्मक गतिविधि जसलाई जनयुद्ध दिवस भनिन्छ यसको कटु आलोचक हुन् । उनले जन्मदिनमै केही दिन अघि जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएकोमा प्रचण्डको आलोचना मात्र गरेनन् हिंसा दिवस किन मनाएको भनी प्रश्न गरे । विगतमा पनि प्रचण्डलाई हिंसाबाट आएको भनी आलोचना गरिरहे ।
प्रचण्ड ओलीलाई दक्षिणपन्थी देख्छन् । उनी ओलीले विगतमा गणतन्त्रको विरोध गरेकोमा आलोचना गरिरहन्छन् ।

शान्ति प्रक्रियामा आएपछि पनि माओवादीको वाइसिएलको गतिविधिको खुलेर विरोध गर्ने ओली नै थिए ।

प्रचण्डले भने आफूलाई क्रान्तिकारी र ओलीलाई क्रान्ति विरोधी देखिरहे । नेकपा रहँदा पनि ओलीमाथि प्रतिगमनको आरोप लगाए ।

ओली पछिल्लो समय धार्मिक र पूर्वीय दर्शनको व्याख्या बढी गर्छन् । प्रचण्ड त्यसको ठिक विपरित पाश्चात्य सिद्धान्त माक्सवादमा जोड दिइरहन्छन् । ओलीमा धार्मिक चिन्तन पनि देखिन्छ । प्रचण्ड भने आफूलाई नास्तिक देखाउँछन् ।

अर्को विषय सत्तासंघर्षको हो । दुवै नेताले एक अर्कालाई मौखिक प्रतिवद्धता गर्ने तर पालना नगर्ने हुँदै आएको छ । ओलीले प्रचण्डलाई यसअघि आलोपालो प्रधानमन्त्रीको वचन दिए तर पालना गरेनन् । ठिक त्यसै गरी प्रचण्डले यही पुस १० मा ओलीसँग आलोपालो प्रधानमन्त्रीसहित राष्ट्रपति र सभामुख एमालेलाई दिने सम्झौता गरे । तर, त्यसको पालना पनि भएन दुई नेताको मिलन दुई महिनामै टुट्यो ।-File Photo

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);