नेपाल र स्कटल्याण्डबीच खेल जारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

नेपाल र स्कटल्याण्डबीच खेल जारी

काठमाडौं, ९ फागुन । आईसीसी विश्वकप लिग २ अन्तर्गतको नेपाल सिरिजको अन्तिम खेलमा नेपालले आज स्कटल्याण्डसँग प्रतिष्पर्धा गरिरहेको छ। विश्वकप लिग २ को विजेता बनिसकेको स्कटल्याण्डबिरुद्ध नेपालको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वद्यालयको खेल मैदानमा बिहान ९ बजेबाट शुरु भएको हो ।

स्पिनर सन्दीप लमिछानेले आक्रामक सुरुवात गरेको स्कटल्यान्डको पहिलो विकेट लिँदै उनले आफ्नो विकेट खाता खोलेका हुन् । २०१९ देखि शुरु विश्वकप लिग २ मा स्कटल्याण्डले मंगलवार आफ्नो अन्तिम खेल खेल्दैछ । शुक्रवारको पहिलो खेलमा स्कटल्याण्डलाई ३ विकेटले हराएको नेपाल मंगलवारको खेलमा पनि सोही लयलाई निरन्तरता दिन चाहन्छ । नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);