बटुक राज गिरि \ माउन्टेन टेलिभिजन एचडी ।
काठमाडौँ, फाल्गुन ४ । राष्ट्रपति निर्वाचनको मिति जति नजिकिँदै छ उति उति सत्ता गठबन्धनमा हलचल बढ्दैछ । नेपाली काँग्रेस प्रचण्डलाई पुरानै गठबन्धनमा फर्काउने कसरतमा लागरहेको देखिन्छ ।
नेकपा एमाले भने प्रचण्डलाई यताउता हुन नदिने गरी सक्रियता बढाइरहेको छ।