राष्ट्रिय सभा - इच्छुक दललाई दल दर्ताका लागि आह्वान | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८३, बिहीबार

राष्ट्रिय सभा – इच्छुक दललाई दल दर्ताका लागि आह्वान

काठमाडौं, १४ पुस। राष्ट्रिय सभा निर्वाचन अध्यादेश राष्ट्रपति कार्यालयमै अड्किए पनि निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन इच्छुक दललाई दर्ताका लागि आह्वान गरेको छ । आयोगले दल दर्ताका लागि १५ दिनको समय दिएको छ ।

स्रोतका अनुसार आयोगले राष्ट्रिय सभा गठन नभई प्रतिनिधिसभा समानुपातिकतर्फको परिणाम दिन नसकिने स्पष्ट सन्देश दिन दल दर्ताको आह्वान गरेको हो ।

सरकारले राष्ट्रिय सभा निर्वाचन मिति तोकेपछि आयोगले त्यसैअनुसार निर्वाचन कार्यक्रम बनाउने हो । तर अबको १५ दिन दल दर्ताकै समय रहेकाले राष्ट्रपतिबाट आजभोलिमै अध्यादेश जारी भए पनि राष्ट्रिय सभा निर्वाचन भने माघ नलागी हुन सक्दैन ।, आजको कान्तिपुरमा यो खबर छ ।

ताजा समाचार