काठमाडौं, १८ माघ । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को आज बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तता र आवश्यक तयारी नपुगेका कारण आजका निर्धारित बैठक स्थगित गरिएको स्रोतले जनाएको छ ।
पार्टीको पदाधिकारी बैठक पनि आजलाई स्थगित गरिएको छ । दुवै बैठक भोलि बस्नेछ ।
स्थायी कमिटीको बैठकले पार्टी संगठनको सम्बन्धमा ठोस निर्णय गर्ने बताइएको छ ।