काठमाडौं, ८ माघ । एशियाली बक्सिङ च्याम्पियनशिप अन्तर्गत २२ वर्षमुनीको प्रतिष्पर्धामा नेपालकी हेमा राई फाइनलमा पुग्नबाट चुकेकी छिन् । उनी फाइनलमा मंगोलियाकी बाटुर जोलजर्गलबाट पराजित भइन् ।
हेमा सेमिफाइनलमा प्रवेश गरेर उत्साही थिइन् । तर, उनी संघर्षपूर्ण खेलमा पराजित भइन् ।
थाइल्याण्डको राजधानी बैंककमा जारी प्रतिष्पर्धामा नेपाली महिला बक्सरहरुले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।