काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पुस २२ हुने भनिएको बैठक पछि सारिएको छ ।
बैठक पुस २८ गतेका लागि बोलाइएको कांग्रेस मुख्य सचिज कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार २२ पुसका लागि निर्धारित बैठकको मिति परिवर्तन गरेर २८ पुस दिउँसो १ बजे बस्ने निश्चित गरिएको हो ।
साथै २३ पुसमा कांग्रेस संसदीय दलको बैठक बस्ने उनले जानकारी दिए ।




