गुरुङ समुदायले यसरी मनायो तमु ल्होसार (भिडियो रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

गुरुङ समुदायले यसरी मनायो तमु ल्होसार (भिडियो रिपोर्ट)

काठमाडौं । गुरुङ समुदायले शुक्रबार तमु ल्होसार मनाएका छन् ।

गुरुङ समुदायहरुले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरी आज विभिन्न सांस्कृतिक कार्यक्रमसहित काठमाडौंसहित देशभर ल्होसार मनाएका हुन् । यस अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष सांस्कृतिक कार्यक्रम गरियो । देशका अन्य स्थानहरुमा पनि आफ्ना सांस्कृतिक पहिचान झल्किने विभिन्न कार्यक्रमहरु गरेर तमु ल्होसार मनाएका हुन् ।

काठमाडौंमा ल्होसार मनाउन काठमाडौं नजिकका विभिन्न जिल्लाहरुबाट समेत गुरुङ समुदाय उपस्थित भएका थिए । यस अवसरमा गुरुङ समुदायका विभिन्न सांस्कृतिक नाचदेखि झाँकीसमेत देखाइएको थियो । ल्होसारको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको समेत उपस्थिति रहेको थियो ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् । आज केन्द्रिय काठमाडौंमा रहेका गुरुङ समुदायले वसन्तपुरदेखि टँुडिखेलसम्म सांस्कृतिक प्रदर्शनी गर्दै तमु ल्होसार मनाएका छन् । आफ्नो समुदायको सांस्कृतिक पहिरनमा सजिएका सो समुदायका मानिसहरूले नाचगान गर्दै काठमाडौंको सडक रंगिन बनाएका थिए । तमु ल्होसारको अवसरमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);