काठमाडौं । नेकपा (एमाले) बाग्मती प्रदेशले संसदीय दलको नेता चयन गर्न पुस १४ गते बैठक बोलाएको छ ।
हेटौडामा बोलाइएको बैठकले सकेसम्म सहमतिको आधारमा नेता छान्ने, नभए लोकतान्त्रिक विधिबाट भएपनि दलको नेता चयन गर्ने भएको छ ।
दलको नेतामा एमाले केन्द्रीय सदस्य जगन्नाथ थपलिया सर्वसम्मत हुने सम्भावना देखिन्छ ।