काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि गृह जिल्ला चितवनमा खुशीयाली छाएको छ ।
प्रचण्ड प्रधानमन्त्री बन्दा चितवनको विकास निर्माणले फड्को मार्ने अपेक्षाले चितवनवासी खुशी भएका हुन् ।
यसअघि प्रधानमन्त्री प्रचण्ड जनप्रतिनिधि हुँदा २० वर्षमा हुने विकास पाँच वर्षमै भएकाले आउँदो समयमा चितवनमा विकासको लहर आउने चितवन उद्योग संघका पूर्वअध्यक्ष राजु पौडेल बताएका छन् ।
त्यस्तै, एमालेका नेता विजय सुवेदीले चितवनवासीका लागि यो समय महत्वपूर्ण अवसर भएको जानकारी दिएका छन् । नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज साँझ ४ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् ।