काठमाडौं । संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरुलाई पुस ७ गते शपथ ग्रहण गराउने भएको छ ।
सचिवालयले आज एक सुूचना जारी गर्दै शपथ ग्रहणका लागि बिहीबार अपरान्ह्र १ बजे प्रतिनिधी सभा बैठक कक्षामा सम्पुर्ण निर्वाचित सांसदहरुलाई उपस्थित हुन अनुरोध गरेको हो ।
सचिवालले सम्पुर्ण सांसदहरुलाई निर्वाचन आयोगबाट प्राप्त भएको प्रतिनिधि सभा सदस्य पदको सक्कल प्रमाणपत्र,नेपाली नागरिकताको प्रमाणपत्र र हालसालै खिचिएको दुईप्रति फोटोसहित राष्ट्रिय पोशाक वा आ–आफ्नै सांस्कृतिक पोशाकमा दुई घण्टा अगाडी नै उपस्थित हुन आग्रह गरेको छ ।
कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफ ७५ को उपदफा २ बमोजिम तीन दिन अगाडीनै संसद सचिवालयमा उपलब्ध गराउन समेत आग्रह गरेको छ ।




