काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरोक्को भिड्दैछन् ।
कतारको खालिफा अन्तर्राष्ट्रिय रंगशालामा आज राति ८ः४५ बजे क्रोएशिया र मोरोक्कोको खेल हुनेछ ।
सेमिफाइनलमा क्रोएशिया अर्जेन्टिनासँग र मोरोक्को फ्रान्ससँग पराजित भएको थियो ।
तेस्रो हुने टोलीले २७ मिलियन डलर र चौथो हुने टोलीले २५ मिलियन डलर पाउनेछ ।