बलिउड अभिनेता विवेक ओबराय पोखरामा | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

बलिउड अभिनेता विवेक ओबराय पोखरामा

काठमाडौं, २९ मंसिर । नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबराय पोखरा पुगेका छन् ।

ओवराय बिहीबार परिवारसँगै चन्द्रागिरि पुगेका थिए ।  चन्द्रागिरि पुगेको ओबरायले त्यहाँ भालेश्वर मन्दिरमा पूजाअर्चनासमेत गरेका गरे । झण्डै दुई घन्टा चन्द्रागिरिमा बिताएर उनी काठमाडौं फर्किएका थिए ।

ओवरायले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । बिहीबार उनीहरू खुमलटार पुगेका हुन् ।

बुधबार नेपाल आएका उनले पशुपतिनाथमा दर्शनसमेत गरिसकेका छन् । उनी भ्रमणका क्रममा म्याग्दीसम्म पुग्ने कार्यक्रम रहेको बताइएको छ ।

Leave a Reply