भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण

एजेन्सी, १८ मंसिर । आगामी ८ वर्षभित्र भारतले जापान र जर्मनीलाई उछिन्दै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने दुई फरक संस्थाको रिपोर्टमा उल्लेख छ । एस एन्ड पी ग्लोबल र मोर्गान स्टेनलीको रिपोर्टमा भारतको कुल ग्राहस्थ उत्पादन उल्लेख्य रुपमा वृद्धि हुने प्रक्षेपण समेत गरेका छन् ।

मोर्गान स्टेनलीले सन् २०३१ भित्र भारतको जीडीपी अहिलेको तहभन्दा दोब्बर हुने प्रक्षेपण गरेको छ । भारतले ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल गर्दै आएको छ । भारतको घरेलु उत्पादन वृद्धि, आन्तरिक खपत र निर्यात समेत सुधारतर्फ बढेसँगै आर्थिक प्रगतिले गति लिएको आर्थिक रिपोर्टहरुमा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);