विपक्षी दललाई अनावश्यक आलोचना नगर्न नेता प्रकाशमान सिंहको आग्रह | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

काठमाडौँ, १ पौष। नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंहले राष्ट्रियसभा गठन सम्बन्धि अध्यादेशलाई लिएर विपक्षी दललाई झुटा आलोचना नगर्न आग्रह गरेका छन्।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले संविधानमा अध्यादेशमार्फत राष्ट्रियसभाको गठन हुने प्रावधान भएकाले सोहि अनुसार सरकारले काम गर्ने प्रस्टाएका छन्।

सबै काम मिलेपछि कांग्रेसले सत्ता छोड्ने बताउँदै उनले कांग्रेसलाई सत्तामा अल्झिरहन रहर नभएको समेत दाबी गरे।

संविधान कार्यान्वयनका लागि कांग्रेस नेतृत्वको सरकारले निर्वाचन गराएको भन्दै सिंहले अब आर्थिक विकासमा पनि कांग्रेसले महत्वपूर्ण भूमिका खेल्ने बताए।

ताजा समाचार